यातायात क्षेत्रको अनियमितता रोक्न अनेरास्ववियूको माग

  • नमस्ते कर्णाली

  • नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाँकेले जिल्लामा रहेको यातायात क्षेत्रको अनियमिता र वेथिति रोक्न माग गरेको छ । अनेरास्ववियूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जिल्लामा यातायात क्षेत्रमा व्याप्त समस्या समाधानको माग गरेको हो । अध्यक्ष प्रकाश विश्वकर्मासहितको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा चरम रुपमा भ्रष्टाचार र अनियमितता भइरहेको व्यापक जनगुनासो छ । यसमा विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ सरकारी निकायमा सवारी साधन अनुमति पत्र जस्तो गम्भीर र सम्वेदनशील विषयको खरिद् गर्नु हुनु अत्यन्तै गैर जिम्मेवार, अराजक पूर्ण रुपमा भ्रष्टाचार भएको पत्रमा उल्लेख गरिएको छ । यस्तै अपराधमा संंलग्नलाई ४८ घण्टामा कारबाही गर्न माग गरिएको छ । अन्यथा अनेरास्ववियू बाँकेले कडा भन्दा कडा आन्दोलत गर्ने चेतावनीसमेत दिएको छ । अध्यक्ष विश्वकर्माले चार बुँदे माग पत्र समेत प्रदान गरिएको जानकारी दिए । सवारी साधन अनुमति पत्रको अनियमितता र चलखेल रोक्नुपर्ने, यातायात व्यवस्था कार्यालय भित्र सबै बिचौलियाहरुलाई प्रवेश निषेध गर्नुपर्ने माग गरिएको छ । यस्तै सवारी साधन अनुमति पत्रको परिक्षामा प्रत्यक्ष रुपमा संलग्न रहने यातायात कार्यालय ट्राफिक प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय मातहतको भएको हुनाले प्रत्यक्ष निगरानी र नियमन गर्नुपर्ने माग गरिएको छ । अध्यक्ष विश्वकर्माका अनुसार यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीहरुलाई अनावश्यक दुःख दिइरहेको त्यसको अन्त्य गर्नुपर्ने बताइएको छ ।

  • २ फाल्गुन २०८०, बुधबार १२:१३ प्रकाशित

  • Nabintech