१८ वटा ऐन र २३ वटा कार्यविधि पारित गरि अदानचुलीको हिउँदे गाउँसभा सम्पन्न

  • नमस्ते कर्णाली

  • हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको १४औँ गाउँ सभा सम्पन्न भएको छ । शुक्रबार विभिन्न ऐन, कार्यविधि, नियमावली पारित गर्दै हिउँदे गाउँ सभा सम्पन्न भएको हो । कुल ४४ वटा ऐन, कार्यविधि, नियमावली र आचारसंहिता पारित गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हंस महताराका अनुसार गाउँ सभामा कुल २३ वटा कार्यविधि पारित गरेको छ । ती मध्ये एउटा कार्यविधि संशोधन भएको र बाँकी २२ वटा नयाँ कार्यविधि पारित गरिएको हो । यस्तै कूल १८ वटा ऐन पारित गरिएको छ । कुल १८ ऐन मध्ये सात वटा संशोधनसहित बाँकी नयाँ ऐन पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत महाताराको भनाइ छ । यसैगरी गाउँ सभाले दुई वटा नियामावलीसमेत पारित गरेको छ । हिउँदे सभामार्फत अदानचुली गाउँपालिकाको शिक्षा नियामावली, सार्वजनिक खरिद् नियामावली पारित गरिएको हो । गाउँसभामार्फत एउटा आचारसंहितासमेत पारितत गरिएको छ । ‘१४औँ गाउँ सभा सम्पन्न भएको छ । हामीले आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक कानून पारित गरेका छौं । बजेटलाई आवश्यकता र समावेशी बनाउन आवश्यक कानूनी प्रक्रिया पुरा भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत महताराले भने ।
    गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले हिउँदे सभा महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको बताए । उनका अनुसार अहिलेसम्म कै सबैभन्दा नीति तथा कानूनहरु पारित गरिएको हो । अध्यक्ष सिंहको अध्यक्षतामा तथा सम्पुर्ण गाउँसभाका सदस्यहरु उपस्थितीमा सम्पन्न भएको सदस्य सचिब समेत रहेका प्रमुख प्रशासकिय अधिकृत हंस महताराले बताएका छन् ।

  • ५ फाल्गुन २०८०, शनिबार ०८:४२ प्रकाशित

  • Nabintech