आजदेखि सुर्खेतमा ‘कर्णाली उत्सव’

  • नमस्ते कर्णाली

  • कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आजदेखि कर्णाली उत्सव,कुडा कर्णालीका सुरू हुँदैछ । उत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । विचारको कुम्भ मेलाको रूपमा रहेको उत्सवको पाँचौ संस्करण सुरू भएको हो । कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव भनिएको उत्सव शनिबारदेखि सुरु हुने आयोजक संस्था ऋति फाउन्डेसनका अध्यक्ष कमल लम्सालले बताए । ‘कुराकानीकै माध्यमबाट कर्णालीको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको हो,’ उनले भने, ‘परम्परागत रुपमा हुने कचहरी वा बैठककै आधुनिक रुप हो कर्णाली उत्सव। कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको श्रृंखला थालनी गरेका हौँ।’ उनका अनुसार यसले मूलतः कर्णालीलाई केलाउँछ । समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाव दिन्छ र सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउन प्रयास गर्छ ।
    ऋति फाउण्डेसनले थालेको यो सामाजिक अभियानमा विभिन्न तहका सरकार, गैरसरकारी संघ संस्था, व्यावसायिक प्रतिष्ठान, प्रबुद्ध व्यक्तिहरु तथा नागरिक समाजको ठूलो सहयोग रहिआएको सुर्खेतमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । कर्णालीलाई चिन्ने र चिनाउने प्रयास कर्णाली उत्सवको मुख्य उपलब्धि भएको लम्सालले बताए ।‘यसले हाम्रो समाजमा खुला र लोकतान्त्रिक बहसलाई संस्कारको रुपमा विकास गर्न सघाउँछ,’ उनले भने,‘सबैलाई थाहा भएकै कुरा हो । कुनै पनि कामको सुरुवात विचारबाटै हुन्छ ।’
    उत्सवको माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उठेका कुराकानीहरुले समृद्ध कर्णालीको सपना साकार पार्नेतर्फ सरकारलाई सहयोग एवं निर्देशित गर्ने लक्ष्य रहेको उनको भनाई छ।राष्ट्रिय बाणिज्य बैंक शीर्ष प्रायोजक रहेको कर्णाली उत्सव..कुडा कर्णालीकाको पाँचौँ संस्करणमा १३ वटा सत्रमार्फत बहस हुनेछ भने तीनवटा पैकेलाको प्रस्तुति रहनेछ । त्यस्तै हरेक साँझ सांगितिक प्रस्तुति रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

  • ५ फाल्गुन २०८०, शनिबार ०९:१० प्रकाशित

  • Nabintech