डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु डेङ्गु के हो ? कसरी बच्ने ?

  • सनत हमाल

  • मुगु- मुगु जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगु को आयोजनामा डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गरि लार्भा नष्ट गरिने अभियान सञ्चालन भएको छ।

    एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियानसञ्चालन हुन लागेको हो।

    स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा.कमल ढुंगानाको अध्यक्षतामा एक कार्यक्रमका बिच नगर उप प्रमुख ऐश्वर्य मल्ल, प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, स्वास्थ्य सेवा निर्देशनालय सु्र्खेतका भेक्टोर कन्ट्रोल अधिकृत श्याम लाल आर्चाय लगायत बिभिन्न बडाका वडा अध्यक्ष,सुरक्षाकर्मि लगायतको उपस्थितीमा कार्यक्रम सुरु भयको थियो।
    छायानाथ रारा नगरपालिकाको गमगढी बजार क्षेत्र लगायत बिभिन्न बस्तिहरुमा लार्भा खोजी गरी नष्ट गर्नेअभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा.कमल ढुंगानाले बताए।

    डेङ्गु भाइरस सार्ने लामखुट्टेका लार्भा नियन्त्रण गर्न नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो,बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका कार्य गर्ने स्थानीय बासिन्दालाईडेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने कार्यसमेत हुने उनले बताए।

    स्वास्थ्य सेवा निर्देशनालय सु्र्खेतका भेक्टोर कन्ट्रोल अधिकृत श्याम लाल आर्चाय लगायत को टोलि डेङ्गुसार्ने लामखुट्टेको बास स्थान खोजी गरि लार्भा नष्ट गरिने अभियान सञ्चालन गर्न कर्णालिको मुगु लगायत बिभिन्न जिल्लामा जनचेतना का कार्यक्रम गर्दै आउनु भयको छ।

    डेङ्गु भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरीकपडा लगाउने, मलमको प्रयोग गर्ने, राति दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने स्वास्थ्य सेवा निर्देशनालय सु्र्खेतका भेक्टोर कन्ट्रोल अधिकृत श्याम लाल आर्चायले बताए।

    डेङ्गु के हो ?

    डेंगु भनेको भाइरल इन्फेक्सन हो यो एडिज लामखुट्टेको टोकाइबाट सर्छ एडिज लामखुट्टे भनेको एकप्रजातीको लामखुट्टे हो, जुन प्राय गरेर कृतिम भण्डारण गरेर राखेका शुद्द पानीमा बस्छ यसले प्राय दिनमाटोक्ने गर्छ  डेङगु विभिन्न प्रकारका हुन्छन् साधारणतया सबै डेङ्गु खतरनाक हुँदैनन् डेङ्गु कुनैसाधारण लक्षण देखिएर पनि हुन्छ भने कुनै असाधारण लक्षण देखाएर पनि हुन्छ यो रोग लागेका ९७प्रतिशतलाई सामान्य ज्वरोको रुपमा हुन्छ यो साधारण लक्षण हो शरीरका जुनसुकै भागबाट रक्तश्रावबढी हुने, वीपी कम हुने हुन्छ यस्तो देखिएमा असाधारण लक्षण हुन्छ यसलाई जटिल मानिन्छ

    यसको निर्मुल गर्ने उपचार भने हुँदैन लक्षण अनुसारको उपचार मात्र हुन्छ सँगसँगै यसले अरु रोगसँगलड्न सक्ने क्षमतालाई पनि कम गरिदिन्छ, जसले गर्दा अरु रोगले यदि आक्रमण गर्यो भने झनझन जटिलबन्दै जान्छ  डेङगु संक्रमण एक किसिमको एडिज लामखुट्टेले गर्छ हात मिलाउँदैमा, अंगालो मार्दैमा सँगैखाना खाँदैमा यो भाइरस सर्दैन संक्रमित भएको ब्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो त्यहिलामखुट्टेले सामान्य ब्यक्तिलाई टोक्यो भने डेङगु सर्छ पानी जम्ने ठाउँमा गर्मीमा पानी बग्ने व्यवस्थाराम्रोसँग नहुने ठाँउमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्दछ  यसैगरी खटिरा आउने, रक्तश्राव बढी हुने, बान्ता हुने, शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जानेभएकोले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, पिसाब कम हुने तथा रक्तचाप निकै कम हुने हुन्छ अधिकांश रोगीहरु सामान्य उपचारपछि निको हुने भएपनि बेलैमा उपचार नगरेमा मानिसको ज्यानै जानसक्छ  

    कसरी बच्ने ?

    सामान्यतयाः डेङ्गुबाट बच्न निम्नकुराहरुमा सावधानी अपनाउनुपर्छ

    लामखुट्टेको टोकाइबाट बच्नुपर्छ,घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुपर्छ,घर नजिक कुनै पनि झाडीराख्नु हुँदैन,लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्नु पर्छ, पानीराखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन, झ्याल ढोकामा जाली राख्नुपर्छ,शरीर पुरै ढाक्ने कपडालगाउनुपर्छ,सरसफाइमा ध्यान दिनुपर्छ,आफ्नो घर वरीपरी मात्र होइन समुदाय, समाजलाइ पनि सफा सुगर राख्न मद्दत गर्ने

  • २४ चैत्र २०८०, शनिबार १७:०० प्रकाशित

  • Nabintech