मुगुमा नागरिता बिहीन एक परिवारका राज्यबाट पाउने सेवासुबिधाबाट बन्चित

  • सनत हमाल

  • मुगुको मुगम कारमारोङ्ग गाउँपालिका सेरोग गाँउमा रहेको एक घर परिवारका जनाले नेपालीनागरिता नहुदा राज्य बाट पाउने सबै सेवासुबिधाबाट बन्चित भएका छन

    नेपालको संबिधान २०७२ भाग नागरिता बाट बन्चित नगराउने कुनै पनि नेपाली नागरिकलाई नागरिमताप्राप्त गर्ने हक बाट बन्चित गरिने छैनन् भने पनि मुगमकामारोङ्गगाउँपालिका वडा नम्बर सेरोगगाँउमा स्थाईरुपमा बस्दै आएकी  नुन्दुम कामी अहिले बर्षको हिसावले ८० बर्ष पुग्यकी छन श्रीमान् ३५ बर्ष पहिला मृत्यूभई सकेको थियो उनका जेठा छोरा १८ बर्ष  पहिला शिलाजित निकाल्ने क्रममा भिर बाट लडेर मृत्यू भएकोथियो अहिले  घरमा ८० बर्षीया नुन्दु कामि , कान्छो छोरो बर्ष ३२ का योदान ग्याम्जो कामि बुहारी  बर्ष३२की छिमेक साग्मु कामी, नातिनी बर्ष १२ का नातीनि बर्ष का नातिको नागरिकता बालबालिकाहरुको जन्म दर्ता नहुदा राज्य बाट पाउने कुनै पनि सेवा सुबिधा नपाउदा यी कामी परिवारराज्यले दिने सेवा सुबिधा देखि आफुहरु बिहिन  भएको बताइन्

    बालक हुँदा  बुबाको मृत्यू भएकोले आमा लाटी भएको हुदा नागरिता बनाउनु भएन    आमा अहिले ८० बर्षपुग्दा पनि नागरिता नहुदा मेरो मेरो परिवार को पनि नागरिता बनाउन समस्या भएको   मेरो नागरिता नहुदामेरा बालबच्चाहरुको जन्म दर्ता बनाउन पनि निकै समस्या भएको नेपाली भएर पनि नेपाली नागरितानपाउदा राज्य बाट पाउने सबै सेवा बाट बन्चित भएको नागरिता बनाउनको लागी वडा सरकार देखीसरोकारवाला सबैमा अनुरोध गरेको ३२ बर्षीय  छोराले योदान ग्याम्जो कामिले  बताए

    सेरोकगाँउकी ८० बर्षिय नुन्दुम कामि लगाएत पुरै घर परिवारले नेपाली  नागरिता नहुदा छोरा बुहारी,नाति,नातीनीले नेपाल सरकार बाट पाउर्ने सबै खालका  सेवा बाट बन्चित भएको  जानकारी पाए पछि  अहिले नागरिना बनाउनको लागी सदरमुकाम गमगढी ल्याएर जिल्ला प्रशासन कार्यालयमा सहकार्य गरेकोस्थानिय सोनाम तामाङ्ग लामाले बताए

    बिगतका बर्षहरुमा के के भयो मलाई थाहा भएन आफु वडा अध्क्षय भए देखी यो नागरिता बिहीन घरपरिवारलाई नागरिता दिने बिषयलाई निकै गहनरुपमा लिई वडा सरकार प्रहरी चौकी  बाट हुने सबैप्रकारका सिपारीस मुचुल्का गरि जिल्ला प्रशासन कार्यलय सम्म नागरिता बनाउनको लागी आफै लागीपरेको मुगमकामारोङ्गगाँउपालिकाका वडा अध्यक्ष दाना साङ्ग तामाङ्गले बताए

    अहिले सम्म ८० बर्ष सम्मको उम्मेर सम्म नागरिता नलिनु ,पटक पटक नागरिता बितरणको लागी घुम्ती टोलीजादा पनि नागरिता नलिनुु लगाएत नागरिता पाउ भनि आएको कागज पत्र हेरेर , जिल्ला प्रहरीकार्यालयको प्रतिबेदन  निर्वाचन कार्यलयमा भएका अभिलेखका आधारमा अनुसन्धान गरि बास्तबिकनेपालीले  नागरिता पाउनु सबै विवरणका आधारमा नागरिकता दिलाउने कुरामा आफू मन्जुर रहेको जिल्लाप्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी  हरि बहादुर खत्रीले बताए

  • ६ बैशाख २०८१, बिहीबार १०:४१ प्रकाशित

  • Nabintech