कपिलवस्तुमा बस दुर्घटना हुँदा ३६ जना घाइते

  • नमस्ते कर्णाली

  • १८, असोज २०८२
    कपिलवस्तु ।पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वनकसवासामा यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
    धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
    घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

     

     

     

  • १८ आश्विन २०८२, शनिबार १३:१४ प्रकाशित

  • Nabintech