२४, माघ २०८२
बाजुरा । बाजुराका प्रतिनिधि सभा उम्मेदवार एमाले नेता लालबहादुर थापालाई मातृशोक परेको छ ।
एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको हो ।
बुढीगंगा नगरपालिका–२ ताप्रास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । स्वर्गीय कलशी थापाको आजै बुढीगंगा नदी ताप्रिसेरामा अन्तिम दाहसंस्कार गरिने भएको छ ।
आमाको निधनले उम्मेदवार थापा गहिरो शोकमा परेका छन् ।
जिल्लामा निर्वाचनको माहोल चलिरहेका बेला संवेदनशील समयमा आएको पारिवारिक पीडाले थापा मात्र नभई थापा समर्थक तथा कार्यकर्ताहरु समेत स्तब्ध भएका हुन् ।
थापालाई यस दुःखद घडीमा जिल्लाबासी तथा शुभेच्छुकहरुले गहिरो समवेदना व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।
छोरा चुनावी मैदानमा खटिएकै बेला आमाको निधनले निकै दुखित तुल्याएको छ ।











