लुम्बिनी प्रदेशसभाको पाँचौं बैठक आज बस्दै, विनियोजन विधेयकमाथिको उठेका प्रश्नमा मन्त्री कार्कीले जवाफ दिने

  • नमस्ते कर्णाली

  • दाङ ,१० जेठ ।

    लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज आइतबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ । बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

  • १० जेष्ठ २०८३, आईतवार ११:१६ प्रकाशित

  • Nabintech