गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारद्वारा प्रशासनिक केन्द्र परिसरमा सरसफाई

  • नमस्ते कर्णाली

  • दाङ ,१४ जेठ ।

    गणतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) स्थित प्रशासनिक केन्द्र परिसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।
    प्रदेश सरकारले जेठ १४ गते बिहान सरसफाई कार्यक्रम आयोजना गर्ने, साँझ दीप प्रज्वलन गर्ने तथा जेठ १५ गते बिहान मूल समारोह आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रशासनिक परिसरसहित सार्वजनिक प्रतिक्षालय आसपासका क्षेत्रमा सरसफाई गरिएको हो ।


    सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्रदेश सरकारका सचिव, कर्मचारी तथा विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • १४ जेष्ठ २०८३, बिहीबार १२:४३ प्रकाशित

  • Nabintech