गणतन्त्र दिवसकाे पूर्वसन्ध्यामामा लुम्बिनी प्रदेशमा दिप प्रज्वलन

  • नमस्ते कर्णाली

  • दाङ ,१४ जेठ ।

    लुम्बिनी प्रदेश सरकारले १९ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ । दिवसको पूर्वसन्ध्यामा बिहिवार बेलुका राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश राजधानी परिसरमा दीप प्रज्वलन गरिएको हो ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले दीप प्रज्वलन गर्दै गणतन्त्र ठूलो त्याग, संघर्ष र बलिदानीबाट प्राप्त ऐतिहासिक उपलब्धि भएकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।

    उहाँले लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै जनताको अपेक्षा अनुसार सुशासन, विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

    गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा मातहतका कार्यालय एवं निकायहरूमा समेत दीप प्रज्वलन गरिएको थियो । यसअघि बिहान प्रदेश राजधानी क्षेत्रको प्रशासनिक परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।

    प्रदेश सरकारले गणतन्त्र दिवसलाई व्यवस्थित र भव्य रूपमा मनाउन विभिन्न कार्यक्रम तय गरेको जनाएको छ । मूल समारोह जेठ १५ गते बिहान आयोजना गरिने कार्यक्रम रहेको छ ।

  • १४ जेष्ठ २०८३, बिहीबार २१:२० प्रकाशित

  • Nabintech