भारतबाट अवैध रूपमा ल्याइँदै गरेका तीन हजार बोइलर चल्ला बाँकेमा बरामद

  • नमस्ते कर्णाली

  • बाँके ,१५ असार।
    बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२३ जङ्गलसिंहपुरुवा क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरिएका तीन हजार बोइलर कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ।
    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार विशेष टोली गस्तीमा रहेका बेला उक्त क्षेत्रमा चल्ला अवैध रूपमा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि निगरानी गरिएको थियो। प्रहरी टोली पुगेको थाहा पाएलगत्तै चल्ला ल्याइरहेका व्यक्तिहरू चल्ला छाडेर फरार भएका थिए।
    प्रहरीले बरामद गरेका तीन हजार बोइलर चल्लाको अनुमानित मूल्य करिब ७५ हजार रुपैयाँ रहेको जनाएको छ।
    बरामद गरिएका चल्ला आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हिरमिनिया, बाँकेमा बुझाइएको छ। घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • १५ असार २०८३, सोमबार १८:१२ प्रकाशित

  • Nabintech