नौ दिनपछि भेटियो कर्णालीमा  खसेको फोर्स गाडीका चालकको शव

  • नमस्ते कर्णाली

  • सुर्खेत, २८ असार ।

    कर्णाली नदीमा खसरे बेपत्ता भएको फोर्स गाडीका चालक तुलाराम सुवेदीको शव ९ दिनपछि फेला परेको छ । १८ असारमा सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७, साङ्गेटाडाबाट कर्णाली नदीमा खसेको थियो । शनिबार सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका– २, जबुगडास्थित लामगडामा कर्णाली नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । 

    मृतकको पहिचान उनका बुबा डण्डपाणि सुवेदीले गरेका हुन् । तुलारामको शव  फेला परेसँगै उक्त दुर्घटनामा हालसम्म चार जनाको शव फेला परेको छ । प्रहरीका अनुसार गाडीका सह–चालक रामप्रसाद सुवेदी अझै बेपत्ता छन् । गाडीमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त गाडी तथा अन्य बेपत्ता व्यक्तिहरूको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले कर्णाली नदी क्षेत्रमा निरन्तर जारी राखेका छन् ।

  • २८ असार २०८३, आईतवार १२:४६ प्रकाशित

  • Nabintech