जंगली जडीबुटी सेवनले जुम्लामा वृद्धकाे मृत्यु

  • नमस्ते कर्णाली

  • जुम्ला ,३ साउन ।
    जुम्लाको तातोपानी गाउँपालिका–१ बाईराँ गाउँका ६५ वर्षीय दलजित सार्कीको जंगली जडीबुटी ‘सतुवा’ सेवन गरेपछि मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार बिहान करिब ३ः१५ बजे सतुवा सेवन गरेपछि उनी अचानक बिरामी परेका थिए। गम्भीर अवस्थामा उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पुर्‍याइएको थियो।उपचारकै क्रममा चिकित्सकले बिहान ३ः२० बजे उनलाई मृत घोषणा गरेका हुन्।प्रहरीका अनुसार उनले सतुवा किन र कुन उद्देश्यले सेवन गरेका थिए भन्ने कारण अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

  • ३ श्रावण २०८३, आईतवार १२:२१ प्रकाशित

  • Nabintech