मुगु – अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मुगुका ईन्सेक प्रतिनिधि मानवअधिकार, क्रियाशिल सञ्चार तथा नागरिकसमाजसँग आबद्ध विभिन्न संस्थाले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को रोम विधान अनुमोदन गर्ननेपाल सरकारसँग माग गरेका हुन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मुगुका प्रतिनिधि नन्द बहादुर रोकायाको अगुवाइमा विभिन्न संस्था तथासञ्चारकर्मीको संयुक्त टोलीले मुगुका सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेका मार्फतप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएका हुन ।
ज्ञापनपत्रमा प्रत्येक वर्ष जुलाई १७ मा मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा नेपालमा दण्डहीनताकोअन्त्य, गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा पीडितलाई न्याय सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताकार्यान्वयन गर्न नेपालले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्नु आवश्यक रहेको उल्लेखगरिएको छ ।
ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्ध अपराध, आमनरसंहार तथामानवताविरुद्धका अपराधमा संलग्न व्यक्तिलाई जवाफदेही बनाउने र पीडितलाई न्याय दिलाउन महत्वपूर्णभूमिका खेल्ने उल्लेख छ । साथै, रोम विधानमा आबद्ध हुँदा नेपालको राष्ट्रिय अदालतको क्षेत्राधिकारमा कुनैकटौती वा हस्तक्षेप नहुने, बरु दण्डहीनताको अन्त्यका लागि सकारात्मक वातावरण निर्माण हुने विश्वास व्यक्तगरिएको छ । हालसम्म विश्वका १२३ राष्ट्रले रोम विधान अनुमोदन गरिसकेको, दक्षिण एशियाका बङ्गलादेश, अफगानिस्तान र माल्दिभ्सलगायत मुलुक पक्ष राष्ट्र भइसके पनि नेपाल भने अझै पक्ष राष्ट्र बन्न नसकेकोप्रतिज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्रमा पुनःस्थापित प्रतिनिधिसभाले २०६३ साउन ९ गते नेपाल सरकारलाई रोम विधान अनुमोदन गर्ननिर्देशनात्मक संकल्प प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको स्मरण गराइएको छ । साथै, संयुक्त राष्ट्रसंघकोमानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षा (युपिआर) का क्रममा विभिन्न राष्ट्रले नेपाललाई रोमविधान अनुमोदन गर्न दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।
त्यसैगरी तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले २०६५ माघ २९ गते रोम विधान अनुमोदन सम्बन्धी प्रस्तावमन्त्रिपरिष्ष्दमा प्रस्तुत गरेको तथ्य उल्लेख गर्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय कानुनप्रतिको प्रतिबद्धता प्रकट गर्नढिलाइ नगरी रोम विधान अनुमोदन गर्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।
ज्ञापनपत्रमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मुगुका नन्द बहादुर रोकाया , नागरिक समाज मुगुका अगुवा रुपबहादुर मल्ल सञ्चारकर्मी सनत हमाल ,खड्क सुनारले हस्ताक्षर गरेका छन् ।









