राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

  • नमस्ते कर्णाली

  • दाङ ,१० साउन ।
    राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी अस्पताल पुर्‍याएकामा चिकित्ले उनलाई मृत घोषणा गरेका थिए ।

  • १० श्रावण २०८३, आईतवार १३:५७ प्रकाशित

  • Nabintech