मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न कर्णाली प्रदेश प्रमुखको आह्वान

  • नमस्ते कर्णाली

  • सुर्खेत ,१० साउन ।

    कर्णाली प्रदेश प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

    प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री पदमा बहुमतको दाबी पेश गर्न प्रदेश सभा सदस्यहरूलाई साउन १२ गते साँझ ५ बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    यसैबीच, प्रदेशमा नेकपा र एमालेबीच भएको सहकार्य सहमति अनुसार यहाँ नेकपाले सरकारको नेतृत्व गर्ने तयारी छ ।

     

  • १० श्रावण २०८३, आईतवार १४:०० प्रकाशित

  • Nabintech