आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • नमस्ते कर्णाली

  • सुदूरपश्चिम,११ साउन ।
    आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीको आज मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते हुनुभएको थियो । उहाँको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरेका थिए । त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिए पनि आफन्तले उहाँलाई सिधैँ काठमाडौँ लैजाँदै गरेका थिए ।
    त्यसै क्रममा आज बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

     

     

  • ११ श्रावण २०८३, सोमबार ११:१६ प्रकाशित

  • Nabintech