सुर्खेतमा जिप दुर्घटना हुँदा १५ जना घाइते

  • नमस्ते कर्णाली

  • सुर्खेत,१२ साउन ।
    सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
    डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
    दुर्घटनामा घाइते भएका आठ जनाको माया नर्सिङ होम सुर्खेत र पाँच जनाको स्थानीय मेडिकल दशरथपुरमा उपचार भइरहेको छ ।
    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १२ श्रावण २०८३, मंगलवार १९:२८ प्रकाशित

  • Nabintech