कथाकार बसन्ती शाहीका दुई कृति विमोचन

  • नमस्ते कर्णाली

  • सुर्खेत, १७ साउन ।

    कवि तथा कथाकार बसन्तीकुमारी शाहीका दुई कृति सार्वजनिक भएका छन् । कर्णाली प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्षसमेत रहेकी शाहीद्वारा लिखित कविता संग्रह ‘यादका थुँगाहरू’ र कथा संग्रह ‘आमा र आँसु’ कृतिलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार वीरेन्द्रनगरमा आयोजित लोकार्पण समारोहमा विमोचन गरेका हुन् । 

    शाहीद्वारा लिखित कविता संग्रह ‘यादका थुँगाहरू’मा एक सय ४२ कविता संग्रहित छन् भने ‘आमा र आँसु’ कथा संग्रहमा १४ वटा कथा समेटिएका छन् । शाहीद्वारा लिखित दुवै कृतिमाथि ‘स्वस्पर्श’ का लेखक डाक्टर नवराज केसी, साहित्यकार महेशविक्रम शाह र पत्रकार ज्योति कटुवालले चर्चा गरेका थिए ।

  • १७ श्रावण २०८३, आईतवार ०९:४२ प्रकाशित

  • Nabintech