भोटेकोशी बाढी : बाँकेका २७ जना सम्पर्कविहीन

  • नमस्ते कर्णाली

  • बाँके ,१२ भदौ ।
    कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएका छन् ।
    बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार बेपत्ता भएकाहरूको परिवारले स्थानीय प्रशासनलाई खोज तथा उद्धारका निम्ति आग्रह गर्दै १४ पुरुष र १३ जना महिला सम्पर्कविहीन भएका जनाएका छन् ।
    बाढीपछि बेपत्ता २७ जनामध्ये २० जना बाँकेका स्थायी, पाँचजना अन्य जिल्लाबाट आएका तथा दुईजना भारतीय नागरिक हुन् ।
    रसुवा भन्सार कार्यालय, विभिन्न सुरक्षा निकाय र जलविद्युत् आयोजना, गोसाइकुण्ड क्षेत्रमा व्यवसाय तथा कैलाश मानसरोवर तीर्थयात्रामा रहेका बाँकेका सर्वसाधारण सम्पर्कविहीन छन् ।

  • १२ भाद्र २०८३, शुक्रबार ११:०९ प्रकाशित

  • Nabintech