दाङ ,२९ भदौ ।
हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले आज भदौ २९ गते सोमबार हरितालिका तीजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
प्रदेश राजपत्र भाग-३, खण्ड ९, संख्या १७ मा २०८२ साल चैत २३ गते प्रकाशित सूचनाबमोजिम तीजका दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले यस अघि जारी गरेको सूचनामा उल्लेख छ ।
मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यद्वारा जारी सूचनामार्फत प्रदेश सरकारअन्तर्गतका कार्यालय तथा सम्बन्धित सबैलाई बिदाबारे जानकारी गराइएको छ ।









