जमुनाहनाकाबाट भारतीय पर्यटकलाई भित्र्‌्याउन आग्रह 

  • नमस्ते कर्णाली

  • बाँके, १३ असोज । 

    पर्यटन प्रवद्र्धनका लागि बाँकेको जमुनाहनाकाबाट भारतीय पर्यटकलाई निर्वाध भित्र्याउन पर्यटन व्यवसायीले आग्रह गरेका छन् । नेपालगन्ज पर्यटन परिषद्को यहाँ आयोजित प्रथम अधिवेशन तथा साधरणसभामा सरोकार भएका व्यक्ति तथा सङ्घ संस्थाले जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र ब्रान्डिङ भए पर्यटन प्रवर्‌द्धनमा सफलता हासिल  हुने विश्वास व्यक्त गरे ।

    सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले सरकार र निजी क्षेत्रको समन्वयमा पर्यटन प्रवर्‌द्धन एवं बजारीकरण आवश्यक भएको बताए । उनले लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र बजारीकरणलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जानकारी दिए । उनले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जदेखि गौतमबुद्ध जन्मस्थल लुम्बिनीसम्म प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य भएको उल्लेख गरे ।

    उनले कतिपय नीतिगत अस्पष्टताले पर्यटन प्रवर्‌द्धनमा अवरोध सृजना गरेको उल्लेख गर्दै भारतीय पर्यटकलाई सम्मान र प्रतिष्ठाका साथ नेपाल भित्र्याउनुपर्नेमा जोड दिए । पर्यटन डिभिजन कार्यालय, कोहलपुरका प्रमुख सुमन पौडेलले पर्यटन क्षेत्रमा प्रदेश सरकारले बहुवर्षीय योजना लागू गर्न लागेको उल्लेख गरे ।

    बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमर वलीले नेपालगन्ज पर्यटकीय सहरका रुपमा विकास हुन थालेको बताए । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बाँकेको गाभर र अगैयालाई पर्यटकीय हबका रूपमा विकास गर्न आग्रह गरे । 

    होटल एसोसिएसन अफ नेपाल (हान) बाँके अध्यक्ष दिवाकर खनालले पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी ठूलो रहेको औँल्याए । जिल्लामा बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, गाभर भ्याली, अगैया क्षेत्र, बोटानिकल पार्क, महेन्द्र पार्कलगायतका क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा रहेका छन् । 

  • १३ आश्विन २०८३, मंगलवार १७:२४ प्रकाशित

  • Nabintech