त्रिभुवन विश्वविद्यालयअन्तर्गत हुम्लाको श्रीनगरस्थित गल्वा बहुमुखी क्याम्पसबाट चारवर्षे स्नातक तह (बी.ए.) प्रथम वर्षको वार्षिक परीक्षा २०८३ मा ४० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
क्याम्पसले सार्वजनिक गरेको नतिजा विवरण अनुसार यस शैक्षिक सत्रमा क्याम्पसमा कुल १०५ जना विद्यार्थी रहेका थिए । तीमध्ये ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए भने ५५ जना विद्यार्थी परीक्षामा सहभागी भएनन् । परीक्षामा सहभागी भएकामध्ये ४० जना विद्यार्थी सबै विषयमा उत्तीर्ण भएका छन् भने ८ जना विद्यार्थीको एक विषयमा नतिजा बाँकी रहेको छ ।

परीक्षामा सफल भएका विद्यार्थीहरूलाई गल्वा बहुमुखी क्याम्पस परिवारले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यार्थीहरूको यस सफलताले क्याम्पसको शैक्षिक गतिविधिमा थप उत्साह र ऊर्जा प्रदान गरेको क्याम्पसको विश्वास छ ।
क्याम्पस परिवारले उत्तीर्ण विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दै एक विषय बाँकी रहेका विद्यार्थीहरूलाई पनि आगामी परीक्षामा सफलताका लागि हौसला प्रदान गरेको छ ।
हुम्लाको उच्च शिक्षा विकासमा योगदान पुर्याउँदै आएको गल्वा बहुमुखी क्याम्पसले आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सिकाइ उपलब्धि सुधार तथा उत्कृष्ट शैक्षिक वातावरण निर्माणमा थप प्रयास गर्ने अपेक्षा गरिएको छ ।








