एमाले अध्यक्ष केपी ओलीलाई पितृ शोक

  • नमस्ते कर्णाली

  • २९, फाल्गुन २०८२

    काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
    अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
    स्वर्गीय ओलीका दुई छोरा, तीन छोरी छन् ।

  • २९ फाल्गुन २०८२, शुक्रबार ०८:४० प्रकाशित

  • Nabintech