रारा घुम्न गएकी काठमाडौंकी सदीक्षाको मृत्यु

  • नमस्ते कर्णाली

  • ६, चैत २०८२

    कर्णाली  । काठमाडौंबाट रारा क्षेत्र घुम्न गएकी एकजना युवतीको मृत्यु भएको छ ।
    रारा घुम्न गएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका क्रममा मृत्यु भएको हो । उनको आज बिहान जिल्ला अस्पताल मुगुमा निधन भएको हो।

    घिमिरे चैत ३ गते आफ्ना दुई साथी शिशिर कोइराला र विशाल सुवेदीसँग रारा ताल घुम्न मुगु पुगेकी थिइन् । उनीहरू तीनैजना रारा क्षेत्रको सल्लेरीमा रहेको ‘डाँफे’ होटलमा बस्दै आएका थिए।
    भ्रमणकै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि घिमिरेलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो ।

  • ६ चैत्र २०८२, शुक्रबार १३:१० प्रकाशित

  • Nabintech