दाङमा जेसीबीले खन्याएको बालुवाले पुरिएर मजदुरको मृत्यु, चालक नियन्त्रणमा

  • नमस्ते कर्णाली

  • दाङ,३१ जेठ ।
    कालाकाटे -सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा गढवा गाउँपालिका २ का ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यालय दाङका बज्रगुरु कान्छाराम जेभी कन्ट्रक्सन प्रालिले सञ्चालन गरेको अलकत्रा (बिटुमिन) बनाउने प्लान्टमा यादव काम गरिरहेका बेला जेसीबी चालकले त्यहाँ मानिस रहेको थाहा नपाई बालुवा खन्याएका थिए । बालुवामा पुरिएर गम्भीर घाइते भएका यादवलाई इलाका प्रहरी कार्यालय गढवाको टोलीले तत्काल उद्धार गरेको थियो ।
    उनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि इलाका प्रहरी कार्यालय गढवाले जेसीबी र त्यसका चालक अनिल कुमार थारुलाई नियन्त्रणमा लिएको छ ।
    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ३१ जेष्ठ २०८३, आईतवार ०८:१९ प्रकाशित

  • Nabintech