कैलालीमा सर्पले टोकेर बालकको मृत्यु

  • नमस्ते कर्णाली

  • २, बैशाख २०८२
    धनगढी । कैलालीमा सर्पले टोकेर घाइते भएका एक बालकको मृत्यु भएको छ ।
    टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ ।

  • २ बैशाख २०८२, मंगलवार १२:१६ प्रकाशित

  • Nabintech