देउवा–प्रचण्ड भेटवार्ता : आज संसदमा एमसीसी टेबल नगर्ने सहमति

  • नमस्ते कर्णाली

  • अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।

    प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निर्णय गर्ने बताइएको छ ।

    संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

  • ४ फाल्गुन २०७८, बुधबार १२:४२ प्रकाशित

  • Nabintech