जाजरकोट जिप दुर्घटना अपडेट, ९ जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • जरकोटमा जिप दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुने सकेको छैन भने जिपमा सवार कति जना थिए भन्ने यकिन हुन बाँकी छ।

    छेडागाड नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष गणेशबहादुर थापाका अनुसार जीपमा सवार १२ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । ‘जीपमा सवार मध्ये ९ जनाको मृत्यु भएको छ, ३ जनालाई तत्काल उद्धार गरेर उपचारका लागि नेपालगञ्जतर्फ पठाइएइको छ। उहाँहरूको सनाखत गर्ने काम भइरहेको छ’, वडाध्यक्ष थापाले भने ।

    उनका अनुसार छेडागाड–४ खातिजेवामा बिबाहबाट फर्किएको बुझिएको छ। उक्त जिपमा सवारमध्ये एक जना बिरामी भएर उपचारका लागि छेडागाड नगरपालिका–५ थलह आउँदै थिए । जिपमा सवार सबै जना बिबाहमा गएर आएकाले अनिदोका कारण जिप दुर्घटनामा परेको हुनसक्ने वडाध्यक्ष थापाले जानकारी दिए ।

    आइतबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटना परेको हो। जाजरकोट प्रहरीका अनुसार मध्यपहाडी सडक खण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो गाडि दुर्घटना परेको हो। जिप सडकबाट २०० मिटर थल खसेको छ।

    shilapatra.com

  • २६ मंसिर २०७९, सोमबार १८:५१ प्रकाशित

  • Nabintech