कोहलपुर उद्योग वाणिज्य संघको योजना : हाटबजार सञ्चालनदेखि वाणिज्य पार्क निर्माणसम्म

  • नमस्ते कर्णाली

  • कोहलपुर : कोहलपुर उद्योग वाणिज्य संघले आ.व. २०८०÷०८१ मा प्रस्तावित कार्यक्रम पास गरेको छ । शुक्रबार सम्पन्न २५औँ रजत जयन्ती तथा १०औँ साधारण सभाबाट आगामी योजना पारित गरेको हो । महासचिव मातृका सापकोटाले प्रस्तुत गरेका प्रस्ताव बन्द सत्रबाट पास गरेको हो । संघ चालु आ.व.का लागि १५ वटा कार्यक्रम पारि गरेको हो । प्रस्तावित कार्यक्रम अनुसार संघले कृषि हाटबजार सञ्चालन गर्नेदेखि कोहलपुर क्षेत्रमा व्यवस्थित वाणिज्य पार्क निर्माण गर्नेसम्मको योजना पारित गरेको संघका अध्यक्ष लक्ष्मण राज पौडेलले बताए ।


    उनका अनुसार संघको निर्माणाधिन भवन निर्माणलाई पूर्णता दिने योजनालाई पनि प्राथमिकता दिइएको छ । प्राकृतिक प्रकोप वा अन्य भवितव्यमा परी आर्थिक क्षति व्यहोरेका व्यवसायीहरुको राहत,उद्धार तथा पुनः स्थापनाका लागि स्थापना गरिएको व्यवसायिक राहत कोषको रकम वृद्धि गर्ने योजना रहेको छ । यस्तै स्टार्टअप बिजनेशलहरुलाई प्रोत्साहन एंव प्रवद्र्धन गर्ने, राज्यले अबलम्बन गरेका उद्योग वाणिज्य सम्बन्धी नीति नियमबारे व्यवसायीलाई जानकारी दिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
    स्थानीय उद्यमीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने नयाँ व्यवसायीलाई संघमा आवद्ध गराउने, महिला तथा युवा उद्यमीहरुको आवश्यकता पहिचान गरी सम्बोधनलाई प्राथमिकता दिने नीति कोहलपुर उद्योग वाणिज्य संघले लिएको छ । व्यवसायिक प्रयोजनका लागि घर बहालमा लिने र दिने पक्षबीच उत्पन्न सम्भावित विवाद तथा समस्या समाधानका लागि मध्यस्थतालाई प्राथमिकता दिने नीति रहेको छ ।
    संघको आय वृद्धिका लागि व्यवसायिक÷आर्थिक चलायमानका लागि विभिन्न आर्थिक गतिविधि सम्बन्धी कार्यक्रम गर्ने योजना रहेको छ । संघद्धारा ७औँ मेला महोत्सव सञ्चालन गर्ने र संघद्धारा प्रस्तावित कार्यक्रम सम्पन्न गर्नको लागि कोहलपुर नगरपालिकासँग समन्वय गरी अघि बढ्ने योजना रहेको छ । साधारण सभामा आर्थिक प्रतिवेदनसमेत पेश गरिएको थियो । संघका कोषाध्यक्ष भुपेन्द्र प्रसाद काफ्लेले विद्युतीय एप्स सञ्चालन गर्ने व्यववस्थित रुपमा रहेका ठेला र फुटपाथ व्यापारीहरुको उचित व्यवस्थापन गर्ने नीति लिइएको बताएका छन् ।

     

  • २२ पुष २०८०, आईतवार १२:५४ प्रकाशित

  • Nabintech